+
+

‘जोकर’देखि ‘म्याड म्याक्स’सम्म : १० फिल्म जसले आगामी ओस्कार अवार्ड जित्न सक्छन्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १२:१२

काठमाडौं । बीबीसीले आगामी सन् २०२५ मा आयोजना हुने आगामी ओस्कार अवार्डमा बाजी मार्न सक्ने १० फिल्मको सूची तयार पारेको छ । जसमा ‘ग्लाडिएटर २’ देखि ‘फ्युरिओसा : म्याड म्याक्स सागा’सम्म छन् ।

सूचीको पहिलो स्थानमा ‘काइन्डस अफ काइन्डनेस’ छ । योर्गोस ल्यान्थिमोस निर्देशित यो फिल्मले ओस्कारमा धेरै विधा जित्न सक्ने प्रक्षेपण गरिएको छ । ल्यान्थिमोस निर्देशित पछिल्लो फिल्म ‘पुअर थिंग्स’बाट एमा स्टोनले यस वर्षको ओस्कार जितेकी थिइन् । फिल्म, निर्देशक र पटकथा विधामा समेत यो फिल्म मनोनित भएको थियो ।

यो फिल्म २१ जुनमा अमेरिकामा रिलिज हुनेछ ।

दोस्रो स्थाना डिज्नीको लोकप्रिय कार्टुन र लाइभ–एक्सन रिमेक ‘मोआना २’ पनि छ । आगामी २७ नोभेम्बरमा प्रदर्शन तयारीमा रहेको यो फिल्म उत्कृष्ट एनिमेटेड फिचर विधामा यो मनोनित हुनसक्ने प्रक्षेपण छ ।

यो वर्ष धेरै सिक्वेल फिल्म प्रदर्शन हुँदैछन् । सन् २००० मा ओस्कार जितेका राइड्ली स्कट निर्देशित ‘ग्लाडिएटर २’ फिल्मको चर्चा यतिबेला छ । पौल मेस्कलको कास्टिङले यो फिल्म चर्चामा छ । यो फिल्म २२ नोभेम्बरमा आउनेछ ।

चौथो स्थानमा ‘क्वीयर’ छ, जसलाई लुका ग्वाडानिग्नोले निर्देशन गरेका हुन् । उनको अघिल्लो ‘कमिङ एज अफ रोमान्स’ जनराको फिल्म ‘कल मी बाई योर नेम’ले सन् २०१८ मा एडप्टेड स्क्रिनप्ले विधामा जितेको थियो । यी इटालेली निर्देशकको आगामी फिल्म ‘च्यालेन्जर्स’ यही अप्रिलमा रिलिज हुँदैछ र यही वर्ष ‘क्वीयर’ पनि आउनेछ ।

पाँचौं स्थानमा ‘नोस्फेरातु’ छ, जुन परम्परागत क्रिसमस फिल्मजस्तो भने होइन । सन् २०१६ को फिल्म ‘द विच’बाट चर्चित रोबर्ट एगर्सले यो फिल्म निर्देशन गरेका हुन् । यो फिल्म २५ डिसेम्बरमा आउनेछ ।

छैटौं स्थानमा स्टिभ म्याक्वीनको पाँचौ कथानक फिल्म ‘ब्लिट्ज’ छ । दोस्रो विश्वयुद्धको क्रममा भइरहेको बम विस्फोटको समयमा लण्डनको श्रमिक वर्गको कथावस्तु यसमा समेटिएको छ । म्याक्वीनको फिल्म ‘टुभेल्भ इयर्स अफ स्लेभ’ले सन् २०१४ मा उत्कृष्ट फिल्म विधामा ओस्कार जितेको थियो ।

सातौं स्थानमा डेन्जल वासिङ्टनको फिल्म ‘द पियानो लेसन’ छ । सन् १९३६ को पिटर्सवर्गमा सेटिङ गरिएको यो फिल्मको कथावस्तु एक परिवारको वरपर घुम्छ ।

आठौं स्थानमा ‘फ्युरिओसा : अ म्याड म्याक्स सागा’ यो साइन्स फिक्सन एक्सन सिरिजको पछिल्लो श्रृंखला हो । सन् २०१६ मा रिलिज भएको यो फिल्मको पछिल्लो श्रृंखला ‘म्याड म्याक्स : फ्युरी रोड’ ओस्कारमा १० विधामा मनोनित थियो । यो फिल्मको शीर्ष भूमिकामा आना–टेलर–जोयले अभिनय गरेकी छन् । यो फिल्म २२ मेमा रिलिज हुँदैछ ।

नवौं स्थानमा ‘क्लारा एण्ड द सन्’ छ जुन नोबेल पुरस्कार विजेता काजुओ इशिगिरोको उपन्यास ‘द रिमेन्स अफ द डे’मा आधारित छ । दशौं स्थानमा ‘जोकर : फोली अ डक्स’ छ, जुन सन् २०१९ को फिल्म ‘जोकर’को दोस्रो श्रृंखला हो । सन् १९७० को सहरी क्षेत्रमा हुने अपराधको कथामा आधारित यो फिल्मले दुई विधामा ओस्कार जितेको थियो ।

ज्याकिन फिनिक्स र लेडी गागाको शीर्ष भूमिका रहेको यो फिल्म ३ अक्टोबरमा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?