+
+

ओस्कारको निर्णय परिवर्तन, अब रातो कार्पेट नै बिछ्याइने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १७:४१

काठमाडौं । गत वर्ष ओस्कार अवार्डले दशकौंदेखिको नियममा परिवर्तन गर्दै ‘स्याम्पेन रङ’को कार्पेट बिछ्यायो । विश्व फिल्मको सर्वोच्च पुरस्कारको यो निर्णयले त्यतिबेला ठूलै तरंग ल्याएको थियो ।

ओस्कार यस वर्ष परम्परागत रङमै फर्किएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले यस वर्षको ओस्कार समारोहमा ‘रेडकार्पेट’ बिछ्याइने निर्णय गरेको छ ।

गत वर्ष चकलेटजस्तो देखिने खैरो रङको प्रस्ताव गरिएपनि स्याम्पेन कलर राख्ने निर्णय भएको थियो । उक्त निर्णयपछि ओस्कारको निर्णयले मनोरञ्जन जगतको मूल्य र मान्यतालाई धज्जी उडाएको आरोप पनि लागेका थिए ।

६ दशक लामो ओस्कार इतिहासमा स्याम्पेन कलर राखिएको पहिलो घटना भने होइन । सुरुवाती चरणमा रातो रङ पनि प्रयोगमा थिएन । तर पछि यसले प्रिमियर र समारोहको ट्रेन्डलाई आफ्नो पक्षमा पार्‍यो ।

सन् १९२२ देखि हलिउडको इजिप्सियन थिएटरमा डगलस फेयरब्याङ्क्स अभिनित फिल्म ‘रोबिन हुड’ले रातो कार्पेट पहिलोपटक बिच्छाएको थियो । यसपछि भने प्रिमियर र अवार्ड समारोहमा रेडकार्पेट अनिवार्यजस्तै भएको छ । ओस्कारले भने सन् १९६१ देखि रेड कार्पेटको परम्परालाई थालनी गरेको थियो । तर ध्यान खिच्ने रङले भने हलिउड स्टाइलिसलाई चुनौती प्रस्तुत गरेको छ ।

किम कार्दसियन, जस्टिन बिबर र डिजेनेरर्ससँग काम गरिसकेकी कार्यक्रम योजनाकार मिन्डी वेइसले भने रातो रङ चाप्लुसी नहुने बताएकी छन् । ‘फेसनका कारण रातो कार्पेटको रङ फेरिएको छ । यो लुगासँग मिल्नुपर्छ । त्यसपछि रातो रङलाई लिएर झगडा सुरु भएको हो,’ उनले भनिन् ।

ट्रेस एलिस र ग्रेटा गेर्विगसँग काम गरिसकेकी कार्ला वेल्च चाहिं रातो रङ आफ्नो सबैभन्दा प्रिय रङ रहेको बताउँछिन् । यस वर्षको ओस्कार अवार्ड नेपाली समयानुसार सोमबार बिहान आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?