+
+

भेराइटीको प्रक्षेपण : ‘ओपेनहाइमर’ले ८ विधामा जित्न सक्छ ओस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १४:३०

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान यसवर्षको ओस्कार अवार्ड वितरण हुँदैछ । हलिउड म्यागजिन भेराइटीले अवार्डको अन्तिम प्रक्षेपण सार्वजनिक गरेको छ, जसमा ‘ओपेनहाइमर’को वर्चस्व देखिने उल्लेख छ ।

फिल्मले आठ विधामा अवार्ड जित्ने भेराइटीको अनुमान छ । जसअनुसार फिल्म, निर्देशक, अभिनेता, सहअभिनेता, छायांकन, ध्वनि, ओरिजिनल स्कोर र सम्पादन विधामा यो फिल्मले जित्ने अनुमान गरिएको छ ।

क्रिस्टोफर नोलनले निर्देशन, किलियन मर्फीले सर्वश्रेष्ठ अभिनेता र रोबर्ट डाउने जुनियरले सहअभिनेता विधाको ट्रफी उचाल्ने जनाइएको छ । तर अभिनेत्री विधाको अवार्ड चाहिं ‘किलर्स अफ द फ्लावर मुन’बाट लिली ग्लाडस्टोनले जित्ने भेराइटीको प्रक्षेपण छ ।

‘एनाटोमी अफ अ फल’ले मौलिक पटकथा, ‘अमेरिकन फिक्सन’ले एडप्टेड स्क्रिनप्ले, ‘स्पाइडरम्यान : एक्रस द स्पाइडर भर्स’ले एनिमेटेड फिचर, ‘पुअर थिंग्स’ले प्रोडक्सन डिजाइन, ‘बार्बी’ले कस्ट्युम डिजाइन जित्न सक्ने प्रक्षेपण छ ।

‘माएस्ट्रो’ले मेकअप र हेयर स्टाइलिङ, ‘द क्रिएटर’ले भिजुअल इफेक्ट, ‘बार्बी’ले ओरिजिनल सङ, ‘ट्वेन्टी डेज इन मौरिपोल’ले डकुमेन्ट्री फिचर, बेलायतको ‘द जोन अफ इन्ट्रेस्ट’ले अन्तर्राष्ट्रिय फिचर विधामा जित्ने म्यागजिनले उल्लेख गरेको छ ।

यस वर्षको ओस्कारमा नेपालबाट ‘हल्कारा’ सिफारिस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?