+
+

‘ओपेनहाइमर’ले सर्वश्रेष्ठ फिल्मसहित ७ विधामा जित्यो ओस्कार अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ८:२०
अवार्ड लिँदै ओपेनहाइमर निर्देशक क्रिस्टोफर नोलन

काठमाडौं । यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ ।

यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो ।

क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे ।

‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।

यस्तो छ सर्वश्रेष्ठ सूची :

फिल्म- ओपेनहाइमर
निर्देशक- क्रिस्टोफर नोलन (ओपेनहाइमर)
अभिनेता- किलियन मर्फी (ओपेनहाइमर)
अभिनेत्री- एम्मा स्टोन (पुअर थिंग्स)
सहायक अभिनेता- रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)

सहायक अभिनेत्री- द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
एडप्टेड स्क्रिनप्ले- अमेरिकन फिक्सन
ओर्जिनल स्क्रिनप्ले- एनाटोमी अफ अ फल
छायांकन- ओपेनहाइमर
ओर्जिनल सङ- बिली एलिस (बार्बी)

कस्ट्युम डिजाइन- पुअर थिंग्स
ध्वनी- द जोन अफ इन्ट्रेस्ट
ओर्जिनल स्कोर- ओपेनहाइमर
डकुमेन्ट्री फिचर- ट्वेन्टी डेज इन मौरिपल
अन्तर्राष्ट्रिय फिचर- द जोन अफ इन्ट्रेस्ट

मेकअप एण्ड हेयरस्टाइलिङ- पुअर थिंग्स
प्रोडक्सन डिजाइन- पुअर थिंग्स
सम्पादन- ओपेनहाइमर
भिजुअल इफेक्ट- गोडजिला माइनस वन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?