+
+

जब जोन सिना नांगिएर ओस्कारको मञ्चमा पुगे

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ११:५५

काठमाडौं । हलिउड अभिनेता तथा रेस्लर जोन सिना लगभग नांगिएर अवार्ड बाँड्न ओस्कार मञ्चमा पुगे । उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड दिन उनी त्यो शैलीमा स्टेजमा पुगेका थिए ।

उनी त्यसरी स्टेजमा पुग्दा समारोहस्थल हाँसोले गुञ्जियो । उनको यो तस्वीर र समाचारले इन्टरनेटमा आँधी नै आएको छ । अवार्ड वितरण गर्नुअघि उनले भने, ‘लुगा महत्वपूर्ण छ । सायद सबैभन्दा महत्वपूर्ण ।’

बत्तीको प्रकाश मधुरो भएपछि अवार्ड आयोजकले जोन सिनालाई लगाउन पर्दा दिए । उनले पर्दाले शरीर ढाकेपछि मञ्चमा उज्यालो छरियो ।

सिनाले ‘पुअर थिंग्स’लाई उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?