+
+

११ वर्षपछि ‘मोदीबेनी’बाट फिल्ममा फर्किंदै रेजिना उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १४:०५

काठमाडौं । छायांकनमा जान लागेको फिल्म ‘मोदीबेनी’मा कलाकारको लाइनअप तयार भएको छ । अहिले अभिनय कार्यशाला चलिरहेको फिल्मबाट अमरप्रताप श्रेष्ठले फिल्ममा डेब्यु गर्दैछन् ।

ओजस थियटरमा दुई नाटकको प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रीत’ नामक वेब–सिरिजमा अभिनय गरेका छन् ।

११ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले यो फिल्मबाट कमब्याक गर्दैछिन् । उनको पछिल्लो फिल्म ‘वरदान’ सन् २०१३ मा रिलिज भएको थियो । कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यकाल काम गरेकी उनले यस बीचमा केही म्युजिक भिडियो, विज्ञापन तथा छोटो फिल्ममा अभिनय भने गरिरहेकी थिइन् ।

रेजिनाले यो फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन सेयर गर्नेछिन् । अभिनेता सरोज खनाल पनि फिल्ममा देखिनेछन् । उनीसहित कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । अन्य शीर्ष कलाकार अडिसनबाट छनोट भएका हुन् ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् । आनन्दविक्रम क्षेत्रीले लेखेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन् । ३५-४० वर्ष पहिले र हालको कथाको मिश्रण गरी बनाइने यो फिल्मको सेटिङ पर्वत जिल्लाको मोदीबेनी क्षेत्र हो ।

माघ १६ गतेदेखि फिल्मको छायांकन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?