+
+
राष्ट्रियसभा निर्वाचन :

स्वतन्त्रको न उम्मेदवार, न मतदान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १६:१८

११ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज भएको चुनावमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपी हमालले मतदान गरेनन् ।

राष्ट्रियसभा सदस्य चुनावमा साम्पाङको मतदान केन्द्र विराटनगर थियो । उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुई पदका निम्ति मतदान गर्नुपर्ने थियो । तर उनी विराटनगर नै गएनन् ।

हैटौडामा सम्पन्न राष्ट्रियसभा चुनावको मतदानमा काठमाडौं महानगरका मेयर बालेन पनि गएनन् । बागमतीमा तीन पदका निम्ति मतदान भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट तीन पदका निम्ति भएको राष्ट्रियसभा चुनावमा धनगढी उपमहानगरका मेयर हमालले पनि मतदान गरेनन् । धनगढीमै चुनाव भएपनि उनले मतदान नगरेका हुन् ।

गत वर्ष वैशाखमा यी तीनै जनाले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका थिए । तर आज सम्पन्न राष्ट्रियसभा चुनावमा दलीय उम्मेद्वारहरु छन् ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको १९ मतभार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?