+
+

कोशीमा ९३ सांसदले गरे मतदान, धरानका मेयर हर्क साम्पाङ भोट हाल्न आएनन्

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १५:०९

११ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा ९३ प्रदेश सांसदले मतदान गरेका छन् । राष्ट्रिय सभाका दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो  ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भोट हाल्न विराटनगर आएनन् । राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आए पनि मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु  बुधबार बेलुका नै बेहोस भएकाले मतदानमा सहभागी भएनन् । झापा गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण मतदान गर्न पाएनन् ।

कोशी प्रदेशमा अन्यतर्फ सत्तारूढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र महिला कोटामा चम्पा कार्की उम्मेदवार छन् । एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा रुक्मिणी कोइराला उम्मेदवार छन् ।

अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा पेचिलो बनेको छ ।

सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ । केही मत क्रस गराएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा एमाले-राप्रपा गठबन्धन छ । सत्ता गठबन्धन भने मत क्रस हुन नदिने प्रयासमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?