+
+

रामबाबु गुरुङले रुम्जाटारमा टुंग्याए ‘डिग्री माइला’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते २०:४६
‘डिग्री माइला’को छायांकन सेटमा दयाहाङ राई र आँचल शर्मा । तस्वीर स्रोत : बाँसुरी फिल्म्स

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को छायांकन सकिएको छ । ओखलढुंगाको रुम्जाटारमा बिहीवार फिल्म इण्डकल्याप भएको हो ।

असोज १ गतेदेखि पहिलो चरणको छायांकन सुरु भएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका थिएँ जहाँ दयाहाङ राईको क्यारेक्टर लुक्स बाहिरिएको थियो ।

दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु हुँदै रुम्जाटारमा पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगार पात्रको कथा पेश गर्छ ।

फिल्ममा दयाहाङसहित आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई फिल्मले बटमलाइन बनाएको छ ।

फिल्मको प्रदर्शन २०८१ सालको बैशाख १ गते तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?