+

नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने

२०८० माघ  १२ गते १३:३८ २०८० माघ १२ गते १३:३८
नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिदै नेपाललाई फिल्डिङ को निम्तो दिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।

नेपालले पछिल्लो खेलमा पाकिस्तानबाट दुर्गेश गुप्ता र उत्तमथापा मगरलाई बेञ्चमा राखेको छ । तिलक लेगस्पिनर हुन् । दीपक फिनिसर हुन् ।

नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ ।

नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दीपक बोहरा, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, तिलक राज भण्डारी, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।

नेपाल भर्सेस अफगानिस्तान यू-१९ विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय