+
+

शेखरलाई धन्यवाद दिन सिटौला कोइराला निवास पुगे

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १४:४४

१२ माघ, काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित भएपछि नेता कृष्णप्रसाद सिटौलाले संस्थापनइतरका नेता डा.शेखर कोइरालालाई भेट्न पुगेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा सिटौला शुक्रबार विहान भेट्न पुगेका थिए । निर्वाचित भएपछि धन्यवाद दिनका लागि सिटौला कोइराला निवास पुगेको भेटमा सहभागी केन्द्रीय सदस्य भीम पराजुलीले जानकारी दिए । ‘निर्वाचित भएपछि शेखर दाइलाई धन्यवाद दिन जानुभएको हो,’ पराजुलीले भने,‘चुनावको समीक्षा भयो । धन्यवाद ज्ञापन भयो ।’

सिटौलाको पक्षमा चुनावी माहोल बनाउन नेता शेखरले बुधबार कोइराला निवासमा चियापान आयोजना गरेका थिए । उक्त चियापानमा नेता कार्यकर्ता कोइराला निवासमा पुगेका थिए । महामन्त्री गगन थापा, नेताहरु मीन विश्वकर्मा, रामहरि खतिवडा, डा. मीनेन्द्र रिजाल, सरिता प्रसाईं, गुरुराज घिमिरे लगायतका नेताहरु कोइराला निवास पुगेका थिए ।

बिहीबार भएको राष्ट्रिय सभाको निर्वाचनमा सिटौला गठबन्धनको मतले निर्वाचित भएका थिए । अन्य समूहका उम्मेदवार सिटौलाले ५ हजार २९२ मत पाएका थिए । सिटौलाका प्रतिस्पर्धी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत ल्याई पराजित भए । निर्वाचित हुँदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्की भने पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?