+
+

कृष्ण पाण्डेको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १५:५५

काठमाडौं । गायक कृष्ण पाण्डेले ‘माया यस्तै हुँदो रहेछ’ गीत ल्याएका छन् । हस्त गौतमको शब्द र मनोज चौलागाईंको संगीत तथा एरेन्ज रहेको गीतले प्रेमवियोगको भाव व्यक्त गर्छ ।

आशिष नेपालले निर्देशन गरेको गीतको भिडियोमा धोका दिएर हिंडेकी प्रेमिकाको सम्झनाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गायक कृष्ण स्वयंलय अभिनय गरेका छन् ।  भिडियोको सम्पादन र रंग संयोजन पनि कृष्णले नै गरेका हुन् ।

उनले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी,  जे जे पर्छ पर्छ लगायत सार्वजनिक गरिसकेका छन् । उनले फिल्म ‘बाह्रमासे’मा पनि स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?