+
+

नेपालले सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते २१:१३

१२ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा स्थान बनाएको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने भएको छ  । नेपाल समूह डी को निर्णायक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।

समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ ।

यी तीन टोली समूह ए बाट आउने तीन टोलीसँग सुपर सिक्समा हुनेछन् । समूह एबाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान पक्का गरेका छन् र नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ ।

यो समूहमा आयरल्यान्ड र अमेरिका छन् यी २ मध्ये १ टोली तेस्रो भएर आउने छ । भारतसित खेल्न बाँकी रहेको अमेरिकाको कुनै अंक छैन । आफ्ना सबै ३ खेल खेलिसकेको आयरल्याण्ड २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले सुपर सिक्समा समूह ए को पहिलो र दोस्रो स्थानमा रहेर आउने टोलीसँग खेल्नुपर्ने हुन्छ । सुपर सिक्सको नियम अनुसार आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यहिँ स्थानको टोलीसँग खेल्नु पर्दैन  त्यसैले समूह ए बाट तेस्रो स्थानमा रहेर आउने टोलीसँग नेपालले खेल्ने छैन ।

त्यस्तै समूह ए को शीर्ष टोलीले समूह डी को दोस्रो र तेस्रो नम्बरको टोलीसँग खेल्नुपर्ने हुन्छ । समूह ए को दोस्रो स्थानमा हुने टोलीले समूह डी को शीर्ष र तेस्रो टोलीसँग सुपर सिक्समा खेल्नेछ ।

तालिका अनुसार नेपालले ३१ जनवरीमा समूह ए को दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । नेपालले २ फेब्रुअरीमा समूह ए को शीर्ष टोलीसँग खेल्नेछ ।

समूह बी र सी बाट आउने तीन तीन टोलीबीच सुपर सिक्समा पनि यहि नियम लागु हुनेछ । दुबै सुपर सिक्सबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सुपर सिक्समा समूह चरणको अंक तालिका पनि गणना हुन्छ ।

सेमिफाइनलमा पुग्नका लागि नेपालले सुपर सिक्समा समूह ए को शीर्ष र दोस्रो भारत र बंगलादेश दुबै टोलीलाई हराउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?