+
+

नेपालले सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते २२:१७

१४ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ ।

समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई २०१ रनले हराउँदै समूह विजेता बनेको छ । योसँगै नेपालको तालिका पनि पक्का भएको हो । नेपालले माघ १७ गते बुधबार (३१ जनवरी) मा बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै दोस्रो खेल नेपालले माघ १९ शुक्रबार(फेब्रुअरी २) मा भारतसँग खेल्ने पक्का भएको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको हो । पाकिस्तान समुह विजेता र न्युजिल्यान्ड उपविजेता बनेको थियो ।

नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।

नेपालसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा सुपर सिक्समा छन् । अर्को सुपर सिक्समा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन् ।

दुबै सुपर सिक्समा शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सुपर सिक्समा समूह चरणको अंक तालिका पनि गणना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?