+
+

‘दु:खी आत्मा’मा दयाहाङकी जोडी आँचल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १४:०८

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’को शीर्ष नायिका को होला भन्ने कौतुहलता मेटिएको छ । निर्माता कम्पनी क्लक वर्क क्रियसनले अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको छ ।

कथाको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताए । अभिनेता दयाहाङ राई यसअघि नै अनुबन्धित भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुःखी आत्मा’ उनीहरुको दोस्रो सहकार्य हो । यसपछि यही टिमले तेस्रो सहकार्यस्वरुप ‘नाङ्गो गाउँ २’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।

चैतमा छायांकन गरिने ‘दुःखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार र प्राविधिक चयन केही समयमा गरिने निर्माता कडरियाले बताए । काठमाडौंको सेरोफेरोमा खिचिने सोसल-कमेडी जनराको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?