+
+

आँचलको सल्लाह- कम तनाव र उत्कृष्ट आनन्द लिनुस् (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते २०:४२

काठमाडौं । अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् । बजारमा चलेको फास्ट फेसन होस् या डिजाइनरको पहिरनमा उनी अरुभन्दा एक कदम अगाडि छिन् ।

प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ । फेसन मात्र होइन, आँचल अहिले सबैभन्दा ब्यस्त अभिनेत्रीमध्ये पर्छिन् । उनीसँग आधादर्जन फिल्मको लाइनअप छ ।

‘नाइँ नभन्नू ल’को पछिल्लो सिक्वेल नचले पनि आँचललाई पछि फर्केर हेर्नुपरेको छैन । गतसाता ‘डिग्री माइला’को छायांकन टुंग्याएकी उनले पछिल्लो साता एक्सन फिल्म ‘पिताम्बर’ साइन गरिन् । उनको लाइनअपमा सहारा शर्माको ‘एक मुट्ठी बादल’देखि ‘राजमहल’ र मिलन चाम्सको ‘वर एण्ड वधु’ छन् ।

आँचलको अभिनय करिअरले गत वैशाखमा सात वर्ष पूरा गरेको छ । अभिनेत्री बनेर नाम कमाउने उनको सपना थिएन, तर परिस्थितिले उनलाई यो ठाउँमा ल्याइपुर्‍यायो । क्युट र ब्युटीफुल आँचलको स्वभाव मनमा लागेको कुरा भनिहाल्ने छ । यो स्वभावले उनलाई विवाद र चर्चामा ल्याउँछ । तर उनलाई नजिकबाट चिन्नेहरु उनको यो स्वभाव राम्रो रहेको बताउँछन् ।

वास्तविक नाम आँचल दवाडी भए पनि उनी आँचल शर्मा नामले चिनिन्छिन् । गायन, सपिङ, कुकिङ र अध्ययन उनका रुचि हुन् । ब्राण्डेड प्रसाधनकी पारखी हुन् आँचल । सन् २०१५ मा उनले मिस प्लस टु नेपालको उपाधि जितिन् भने सन् २०१३ को मिस एसएलसी ब्युटी कन्टेस्टमा फोर्थ रनरअप घोषित भइन् ।

मंगलबार राती उनले फेसबुकमा केही आकर्षक तस्वीर सेयर गर्दै ‘कम तनाव लिन र उत्कृष्ट आनन्द लिनुस्’ भन्दै स्वस्थ सल्लाह दिएकी छन् ।

तस्वीर : आँचलको फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?