+
+

‘डिग्री माइला’को गीत ‘सुस्त सुस्त’मा दयाहाङ र आँचलको प्रेमभाव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १६:२९

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सुस्त सुस्त’ बोलको यो गीत रोमान्टिक लाग्छ । मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई भिडियोमा रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईंको शब्द रचना, योगी र विज्ञानी पराजुलीको स्वर समावेश छ । युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा बान्तवा राईको नृत्य निर्देशन छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले तृतीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका एक शैक्षिक बेरोजगार पात्रको कथा भन्छ । ‘डिग्री माइला’ नाममा मण्डला थिएटरमा नाटक मञ्चन भइसकेको छ ।

बाँसुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुष्मा फिल्म्ससँग मिलेर यसको निर्माण गरेको हो । फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई बटमलाइन बनाएको छ । यो फिल्म वैशाख १ गतेबाट प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?