+
+

गुल्मी तम्घासको आयुर्वेद पसलमा प्रशासनको सिल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १६:४४

१५ माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसलमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरिदिएको छ ।

अधिकार क्षेत्र भन्दा बाहिर रहेर गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको पाइएपछि प्रशासनले शिल गरिदिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको हो ।

आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको पाइएपछि तत्कालका लागि उक्त पसललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

स्थानीय जनप्रतिनिधि रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबर, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद सिल गरेको हो ।

आयुर्वेद शिलपछि टोलीले थप अनुसन्धान समेत गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

आयुर्वेद शिलपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा पत्रकारसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रशासनले पटकपटक अनुगमन पश्चात क्षेत्रअधिकार बाहिर रहेर औधालय सञ्चालन गरेको फेला परेको बताए ।

हाललाई आयुर्वेद शिल गरेर थप अनुसन्धानपछि थप निर्णय लिने शर्माले बताए । अनुगमनको क्रममा बिरामीलाई एक्सरे, बिरामी भर्ना गरेर उपचार गर्दै गरेको पनि फेला परेको थियो ।

जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो रहेको छ ।

उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?