+

धेरै सपना देख्नु स्वास्थ्यका लागि राम्रो होइन

२०८० मंसिर  २० गते १४:४६ २०८० मंसिर २० गते १४:४६
धेरै सपना देख्नु स्वास्थ्यका लागि राम्रो होइन

आयुर्वेद अनुसार स्वस्थ जीवनको त्रय उपस्तम्भ मानिन्छ, निद्रा, आहार र ब्रम्हाचर्यलाई ।

यौन अनुशासन

ब्रम्हाचर्य भन्नुको अर्थ यो होइन कि, जसले विवाह गर्दैन । जसले सन्तान जन्माउँदैन । ब्रम्हाचर्य बस्नु भनेको यौन अनुशासन अंगाल्नु हो । किनभने अक्सर हामीमा यौनको कुरा खेलिरहेको हुन्छ । हाम्रो मनमा, मस्तिष्कलाई यौनजन्य कुराले ओगटेको हुन्छ । आम मान्छेको मस्तिष्कलाई यौनले हरबखत नै कब्जा गरिरहेको हुन्छ । यसले मान्छेमा यौनकुण्ठा जन्माउँछ । यौनको भोगी बनाउँछ ।

आयुर्वेद अनुसार यौनमा अति लिप्त हुने वा यौन अनुशासन पालना नगर्ने मान्छे रोगी हुन्छ । उनीहरुको रोगप्रतिरोगी क्षमता कमजोर हुन्छ ।

त्यसैले ब्रम्हाचर्य पालना गर्नुपर्छ । यो भनेको यौन अनुशासन हो । यौनबाट मन र मस्तिकलाई मुक्त राख्नुपर्छ । जतिबेला पनि यौनमा लिप्त हुनु हुँदैन ।

प्राकृतिक आहार

शरीरलाई उर्जावान राख्न र अंग प्रत्यांगको कार्य संचालन जारी राख्न अहारको जरुरी हुन्छ । आयुर्वेद अनुसार शरीरलाई प्राकृतिक आहार सर्वोत्तम हुन्छ । अहिले हामी अनेकथरी खानेकुरा खान्छौं । प्रशोधन गरिएका, प्याकेजिङ गरिएका । ती सबैको स्रोत त प्राकृतिक नै हो । तर, उक्त खानेकुरा बनाउँदा त्यसको प्राकृतिक गुण र धर्म नष्ट गरिएको हुन्छ ।

जस्तो गहुँ प्राकृतिक हो । तर, त्यसको गुण र धर्म नष्ट गरेर बनाइएको विस्कुट कृतिम हो ।

हामीले बुझ्नैपर्ने कुरा के हो भने प्राकृतिक खानेकुरालाई हाम्रो शरीरले सहज रुपमा ग्रहण गर्न र पचाउन सक्छ । यसमा पनि खानेकुराको वर्गिकरण छ । कस्तो प्राकृतिक खानेकुरा मान्छेको स्वास्थ्यलाई सही हुन्छ भन्ने तय गरिएकै छ । अन्न, कन्दमुल, दाल, सागपात, फलफूल जस्ता खानेकुरा मान्छेको शरीरलाई चाहिने आहार हुन् ।

यी प्राकृतिक खानेकुरा पचाउनका लागि हाम्रो शरीरको आफ्नै स्मृति र जीन छ । जब हामी शरीरमैत्री र प्राकृतिक खानेकुरा खान्छौं, हाम्रो शरीरले त्यसलाई ग्रहण गर्छ । त्यसमा रहेको जरुरी पोषक तत्व विभिन्न अंग, कोषहरुमा पुग्छ । र, शरीर उर्जावान, जवान, निरोगी बन्छ ।

तर, प्राकृतिक गुणधर्म नष्ट गरिएको खानेकुरा हाम्रो शरीरले यसरी नै पचाउन सक्दैन । किनभने त्यस्ता खानेकुरा पचाउन शरीरसँग स्मृति र जीन छैन । कृतिम खानेकुराले हाम्रो पेट भरिन्छ । त्यसले क्यालोरी दिन्छ । तर, शरीरलाई जरुरी पोषण दिदैन । किनभने कृतिम खानेकुरामा भिटामिन छैन, मिनरल छैन, एन्टी अक्सिडेन्ट छैन, फाइबर छैन ।

यसर्थ कुनैपनि कृतिम खानेकुराले शरीरलाई स्वस्थ राख्नमा कुनै योगदान दिदैन ।

आयुर्वेदले यही कुरालाई मध्यनजर गर्दै प्राकृतिक आहारमा जोड दिएको हो ।

गहिरो निद्रा

हामीलाई किन निद्रा लाग्छ ? के कुनै मान्छे जीवनभर जागा रहन सक्छ ?

निद्रा औषधि समान हो । आयुर्वेदले निद्रालाई स्वस्थ जीवनको एक महत्वपूर्ण कडीको रुपमा लिएको छ । जब हामी गहिरो निद्रामा पुग्छौं, हामी विचारसून्य स्थितीमा हुन्छौं । यो भनेको पूर्ण विश्रामको अवस्था हो ।

यसरी मस्त निद्रा पुगेपछि शरीरमा उर्जा सञ्चय हुन्छ । शरीर स्फुर्ती र तगडा हुन्छ । त्यसो भए गहिरो निद्रा कसरी पाउने ? यसका लागि कति अवधिको सुताई जरुरी हुन्छ ?

गहिरो निद्रा सामान्यत हामी सुतेको प्रारम्भिक चरणमा लाग्छ । जस्तो हामी ८ बजे सुत्यौं भने हामीलाई लाग्ने सुरुवाती निद्रा गहिरो हुन्छ । गहिरो निद्रा केही समय, केही घण्टाको मात्र हुन्छ । राती चाडै सुतेका छौं भने हामीले गहिरो निद्रामा जान सक्छौं । जति धेरै गहिरो निद्रामा जान सक्यो उत्तिनै राम्रो हो ।

गहिरो निद्रापछिको चरणमा भने हामी सपना देख्न थाल्छौं । सपना देख्नु भनेको गहिरो निद्रा भंग भइसकेको अवस्था हो । यतिबेला हाम्रो अवचेतन मन, विचार चलिरहेको हुन्छ ।

जतिपनि सपना देखिन्छ, त्यसलाई कटाएर मात्र निद्राको गणना गर्नुपर्ने हुन्छ । यसर्थ सपना देखेको अवस्था शारीरिक स्वास्थ्यका हिसाबले रामो मानिदैन ।

प्राय कमजोर वा डराएको व्यक्तिहरुले बढी सपना देख्छन् । यसले उनीहरुको अवचेतन मनलाई पनि प्रतिविम्बित गर्छ । सपनालाई विश्लेषण गरेर उसको मनमा कुन किसिमको वैचारिक तरंग चलिरहेको छ भन्ने थाहा पाउने गरिन्छ ।

फेरी पनि भन्छु, धेरै सपना देख्नु शारीरिक स्वास्थ्यका लागि राम्रो होइन

त्यसो भए कसरी गहिरो निद्रा पाउने ? यसका लागि विचारलाई नियन्त्रित गर्नुपर्छ । ध्यान विधिबाट विचार नियन्त्रित हुन्छ । शारीरिक कष्ट र पीडाबाट बाहिर आउनुपर्छ । मानसिक तनाव कम गर्नुपर्छ । शरीरको मल, विजातिय पदार्थ हटाउनुपर्छ । साथसाथै मांशपेसीलाई पनि राम्ररी व्यायाम पुगेको हुनुपर्छ । यस्तो अवस्थामा गहिरो निद्रा पाउन सकिन्छ ।

सुत्नका लागि वाह्य वातावरणको पनि भूमिका हुन्छ । शररिको तापमानभन्दा एक डिग्री बढी तापमानमा निद्रा राम्रो हुन्छ ।

खाना नखाएर मान्छे महिना दिन बाँच्न सक्छ । सुतेन भने धेरै समय बाँच्न सक्दैन ।

आयुर्वेद गहिरो निद्रा
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?