+

कुष्ठरोग सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

२०८२ वैशाख  २५ गते १३:३९ २०८२ वैशाख २५ गते १३:३९
कुष्ठरोग सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

२५ वैशाख, काठमाडौं । नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सम्मेलनको उद्‍घाटन बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

उद्‍घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभावविरुद्ध सरकारले आफना ठाउँबाट भूमिका निर्वाह गर्ने कुरामा कमी हुन नदिने बताए ।

सरकारले पहिले देखि नै कुष्ठरोग उन्मुलनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको उनले स्पष्ट पारे । कुष्ठरोगमा हुने विभेदविरुद्ध नागरिक स्तरको भूमिका आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको उद्‍घाटन शत्रमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले सम्मेलनको उद्देश्यमाथि प्रकाश पारे । देवकोटाले मन्त्रालयकातर्फबाट कुष्ठरोगको हालको अवस्था, चुनौती तथा रणनीतिक मार्गचित्र सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा, नेपाल कानुन समाजका अध्यक्ष एवंम पूर्वउपसभामुख पुष्पा भुसाल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजिराओ, संगठनका गुडवील एम्बास्डर योही साकाकावाको उपिस्थित थियो ।

सहआयोजकका तर्फबाट शोभाखर कंडेल र आइडिया नेपालका अमर तिमिल्सिनाले सम्मेलनका क्रममा उच्च स्तरको राजनीतिक प्रतिवद्धताका लागि वकालत गर्ने, कुष्ठरोग उल्मुलन तथा बिरामीको सहयोग र सुधारका लागि थप बल प्रदान गर्ने र कुष्ठरोग प्रभावित व्यक्तिको समावेशीकरण र स्वीकार्यता अभिवृद्धिका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सासाकावा लेप्रोसी इनिसेटिभ्, नेपाल कानुन समाज, विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाललगायतका संस्थाको सहकार्यमा भएको सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा कुष्ठ रोगनिवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ÷संस्थाका विशेषज्ञ र जानकारसहित करिब ३०० जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालमा कुष्ठरोग उन्मुलनका लागि भएका प्रयास सम्बन्धी विषयगत छलफलका हुनेछ । प्रदेश र स्थानीय तहमा कुष्ठरोग उल्मुलनको गति बढाउने विषयमा गहन मन्थन हुने पनि जानकारी दिइएको छ ।

साथै, कुष्ठरोग प्रभावित भनी छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौती, भेदभाव न्यूनीकरण तथा मानवअधिकार सम्बन्धी छलफल र प्रस्तुती हुनेछ पनि सम्मेलनमा रहनेछन् ।

कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानुनी पाटोकाबारे पनि सम्मेलनमा गहन छलफल हुने कार्यक्रम रहेको छ ।

नेपालमा प्रत्येक वर्ष करिब २ हजार ८६७ कुष्ठ रोगका नयाँ बिरामी दर्ता हुने गरेको तथ्यांक छ ।

हाल नेपालमा करिब २ लाखको संख्यामा कुष्ठरोगका बिरामी रहेकामा करिब ३० हजार अपाङगताको अवस्थामा रहेको अनुमान गरिएको छ ।

विश्वव्यापी लक्ष्यअनुरुप नेपालले सन् २०३० भित्र यो रोग उल्मुलन गर्ने प्रतिबद्धता जनाइसकेको छ । नेपालका १८ जिल्ला भने विश्वव्यापी मापदण्डभन्दा बढी अर्थात प्रति दशहजार जनसंख्यामा एक जनामा यो रोग देखा परेको छ ।

जसमध्ये मधेश प्रदेशका सात जिल्ला पर्दछन् । गण्डकी प्रदेश सबैभन्दा कम कुष्ठरोगका बिरामी पाइएको छ ।

कुष्ठरोग सम्मेलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

किन गन्हाउँछ काखी, कसरी हटाउने ?

किन गन्हाउँछ काखी, कसरी हटाउने ?

सुतेका बेला किन बन्द हुन्छ नाक, के छ उपचार ?

सुतेका बेला किन बन्द हुन्छ नाक, के छ उपचार ?

बच्चाले खानेकुरा अड्काए तुरुन्त के गर्ने ?

बच्चाले खानेकुरा अड्काए तुरुन्त के गर्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?