+
+

सामाजिक सञ्जालमा प्रश्न उठाउने व्यक्तिलाई कार्यालयमा उपस्थित हुन भन्दै वडाध्यक्षले काटे पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १२:०३
पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना

१६ माघ, पोखरा । बाटो मर्मत नहुँदा दुर्घटना बढेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न उठाउने एकजनालाई पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले वडा कार्यालयमा उपस्थित हुन पत्र काटेका छन् ।

वडाध्यक्ष तिमिल्सिनाले ११ माघमा पठाएको पत्रमा पोखरा–१८ वडाका आश्विन भण्डारीलाई ३ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन भनिएको छ ।

माघ १० गते सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप सोही वडाको ग्यार्जतीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । सोही प्रसंगमा भण्डारीले सामाजिक सञ्जालमा वडाका जनप्रनिनिधिमाथि प्रश्न उठाएका थिए ।

‘जनप्रतिनिधिज्युहरुले सधैं नै बाटो प्रयोग गर्ने गर्नुहुन्छ । तर, बाटो समय–समयमा मर्मतका लागि विनियोजन हुने बजेटको सदुपयोग के कसरी भएको छ वा छैन भनेर अवलोकन गर्नु जनप्रतिनिधिको कार्य सीमाभित्र पर्ने कुरा हो र उहाँहरुको अधिकार पनि हो’, भण्डारीले लेखेका थिए, ‘…हेक्का रहोस् भोलिदेखि वडाध्यक्षज्युहरु अनि वडासदस्यहरु हिँड्दा आफ्नो सवारी साधनको ख्याल राख्नुहोला ।’

सोही स्टाटस माथि आपत्ति जनाउँदै वडाले पत्र काटेको हो । पत्रमा भनिएको छ, ‘… सामाजिक सञ्जालबाट धम्कीपूर्ण भाषा प्रयोग गरी आवत–जावत गर्दा आफ्नो र सवारी साधनको सुरक्षा आफैं गर्नु भनी लेख्नुभएको हुँदा यस विषयमा किन र कसलाई, केका लागि भनी बुझ्नुपर्ने भएकाले आजको मितिले ३ दिनभित्र उपस्थित हुन अनुरोध गरिन्छ ।’

वडाध्यक्ष तिमिल्सिनाले भण्डारीसँग छलफल भइसकेको र यो विषयमा नबोल्ने बताए । ‘जे विषयमा बोलाइएको यो त्यही विषयमा छलफल भइसक्यो । अहिले फोनमा नबोलौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?