+
+

सात वर्षपछि बलिउडमा पुनरागमन गर्दै पाकिस्तानी गायक आतिफ अस्लम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १३:१५

काठमाडौं । भारतीय फिल्ममा काम गर्न पाकिस्तानी कलाकारलाई लगाइएको रोक हटेपछि चर्चित पाकिस्तानी गायक आतिफ असलमको बलिउड पुनरागमन तय भएको छ । उनले एक बलिउड फिल्म ‘लभस्टोरी अफ नाइन्टिज’मा रोमान्टिक गीत गाउने जनाइएको छ ।

यो फिल्म संगानी ब्रदर्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको हो । अमित कसरियाले यो फिल्म निर्देशन गरेका हुन् । यो फिल्ममा अध्यायन सुमन र मिस युनिभर्स दिवा दिविता रायले स्क्रिन सेयर गर्दैछन् । संगीत सीमाविहीन हुनुपर्छ भन्ने तर्कसहित निर्माताले असलमलाई बलिउडमा पुनरागमन गराएको उल्लेख गरेका छन् ।

सन् २००८ मा आतिफ असलमले रेस र किस्मत कनेक्सनअघि ‘पहली नजर में’ र ‘बखुदा तुम्ही हो’ रेकर्ड गराएका थिए । सन् २००९ मा उनले फिल्म ‘अजब प्रेम की गजब कहानी’को लागि ‘तू जाने ना र तेरा होने लगा हुँ’ गीत गाए । ती दुवै गीतका विभिन्न रिमिक्स संस्करण सार्वजनिक गरिएका थिए । यी गीतले धेरै अवार्ड पनि जिते ।

फिल्म ‘बदलापुर’को ‘जीना जीना’ गीत चार्टको शीर्षस्थानमा रह्यो । यो गीत सन् २०१५ को सबैभन्दा हिट बलिउड गीत थियो । यो गीतमार्फत उनी थुप्रै अवार्डमा मनोनित भए । सन् २०१७ मा ‘टाइगर जिन्दा है’को ‘दिल दिया गल्ला’ गीतले श्रोतालाई मोहित बनायो ।

चर्चित निर्माता तथा वितरक हरेश सांगानी र धर्मेश सांगानीले भने, ‘आतिफ अस्लम सात-आठ वर्षपछि पुनरागमन गर्दैछन्, यो निकै खुसीको कुरा हो । हामी धेरै खुसी छौं किनभने उनले हाम्रो फिल्म ‘लभस्टोरी अफ नाइन्टिज’मा पहिलो गीत गाउनुभएको छ । यसबाट उनका फ्यान रोमाञ्चित हुनेछन् । उनी हाम्रो फिल्मबाट बलिउडमा कमब्याक गर्दैछन् ।’

कोरोना महामारीपछि भारतीय फिल्म निर्माता संघको आह्वानपछि बलिउड फिल्म र संगीतमा पाकिस्तानी कलाकारलाई लिन छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?