+
+

‘हात्तीछाप’ नेपालसहित विदेशमा माघ २६ मै रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १६:०९

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर सोसल-कमेडी ड्रामा ‘हात्तीछाप’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुने भएको छ । नेपालीसहित डायस्पोराका दर्शकले माघ २६ मा फिल्मलाई हेर्न पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेनमेन्टले यो फिल्म विश्वभर रिलिज हुने बताएको छ । अष्ट्रेलियामा एमएसएम र रोटेपिङ इन्टरटेनमेन्टले फिल्म रिलिज गर्दैछन् ।

अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । युरोपमा चाहिं नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने जनाइएको छ । मध्यपूर्वमा सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिब्युसन कम्पनीले रिलिज गर्नेछ । दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेनमेन्टले रिलिज गर्दैछ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्मले नेपालसँगै विदेशमा पनि सुखद कमाइ गर्ने अपेक्षा छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, वुद्धि तामाङ, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?