+
+

त्रिवि उपकुलपतिका लागि आवेदकको मूल्यांकन गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १६:१७

१६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट गर्न बनेको समितिले आवेदकहरुको मूल्यांकन सुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका छन् ।

उक्त समितिले २३ पुसमा उपकुलपतिमा आवेदन माग गरेकामा ४३ जनाले इच्छा देखाएका थिए । सिफारिस समितिले विज्ञहरुको सहयोगमा मूल्यांकन गरिरहेको शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भट्टराईले जानकारी दिए ।

‘समितिले विज्ञहरुको सहयोगमा आवेदकहरुको मूल्यांकन गर्ने काम गरिरहेको छ । केही समय अझै लाग्ला’, उनले भने ।

आवेदन दिएकाहरुको मूल्यांकन गरेर ४३ को एक तिहाइ संख्यामा सर्टलिस्ट निकाल्नेछ । सर्ट लिस्टमा परेकाहरुको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता हुनेछ ।

त्यसमा सबभन्दा धेरै अंक पाउने तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री प्रचण्डसमक्ष सिफारिस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?