+
+

अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ११:५३

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताएका छन् । त्यसका लागि आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानुनी सुनिश्चितता पनि गर्ने उनले बताए ।
नेपाल टेलिभिजनको ३९ औं वाषिर्कोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । उनले श्रमजीवि पत्रकारहरुका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रुपमा स्थापित गरिने पनि बताए ।

पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको दाबी गर्दै उनले सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरु नियन्त्रणका लागि नभइ नियमन र व्यवस्थापनका लागि भएको बताए । ‘दीर्घकालमा यसले न्यु मिडियाको विश्वसनीयतालाई बलियो बनाउँछ,’ उनले भने ।

अर्को एक प्रसंगमा उनले वर्तमान सरकारले इतिहासले सम्झिने गरी साहसिक र जनपक्षीय कामहरु अघि बढाएको दाबी समेत गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन, ललिता निवास प्रकरणका दोषीलाई गरिएको कारबाही र सुन तस्करी प्रकरणमा गरिएको कारबाही साहसिक र जनपक्षीय भएको बताए । यी प्रकरणका कारबाहीले राज्य शक्तिको दुरुपयोगमार्फत भएका अपराध कर्मको पर्दाफास गरेको उनको भनाइ छ ।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकारले एक वर्ष र एक महिना पूरा गरिसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबीचमा सरकारले कतिपय इतिहासले सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु पनि अघि बढाएको छ ।’

‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुन काण्डको निष्पक्ष छानबिन जस्ता घटनाले राज्य शक्तिको दुरुपयोगमार्फत भएका अपराध कर्मको पर्दाफास गर्दै लगेको छ,’ उनले भने ।

सरकारले चालेका सुधारात्मक कदमहरुकै कारण अहिले अर्थतन्त्र संकटबाट लयमा फर्किरहेको र वर्तमान सरकारप्रति जनता आशावादी भएको दाबी उनले गरे । ‘नयाँ आशाको रक्तसञ्चार हुनु सकारात्मक कुरा हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?