+
+

अनमोल केसी स्टारर ‘जेरी अनटप’को निर्देशक हेरेफेर, सुयोग गुरुङको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १२:०८

काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका रहने रोमान्टिक-ड्रामा ‘जेरी अन टप’को निर्देशक हेरफेर भएका छन् । निर्देशकको रुपमा सुयोग गुरुङको प्रवेश भएको छ । यसअघि हेमराज बीसीले निर्देशन गर्ने जनाइएको थियो ।

निर्माता सरोज न्यौपानेले आपसी सहमतिमै बीसीले प्रोजेक्ट छाडेको बताए । ‘उहाँ केही समय अमेरिकामा बस्ने हुनुभयो, जसले गर्दा प्रोजेक्टको निर्देशक परिवर्तन गर्नुपरेको हो,’ न्यौपानेले अनलाइनखबरसँग भने ।

उनका अनुसार यो फिल्मलाई वैशाखदेखि छायांकनमा लैजाने योजना छ । घोषणा टिजर भिडियो खिच्न फिल्मको टिम आउने साता मुस्ताङ जाँदैछ । सोही टिजर भिडियोमार्फत फिल्मको औपचारिक घोषणा हुने जनाइएको छ ।

फिल्मका कलाकारमा अनमोल केसी, आना शर्मा र पूर्णिका सिंजापति छन् । निर्देशक गुरुङ चाहिं यतिबेला अनमोलकै शीर्ष भूमिका रहेको फिल्म ‘फर्की फर्की’लाई निर्देशन गरिरहेका छन् ।

निर्माता न्यौपानेको लाइनअपमा यतिबेला जेरी अनटपसहित ‘लोकल हिरो’ र अर्को एक प्रोजेक्टको लाइनअप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?