+
+

अनमोल अभिव्यक्तिको निशाना कता ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १३:४२

काठमाडौं । फ्यानलाई अंग्रेजी नयाँ वर्षको शुभकामना दिंदै अभिनेता अनमोल केसीले छायांकन भइरहेको फिल्म ‘फर्की फर्की’को एक तस्वीर सार्वजनिक गरे । यतिबेला उक्त तस्वीरसँगै क्याप्सनको समेत चर्चा भइरहेको छ ।

तस्वीरमा अनमोल गाडीमाथि बसेर मस्तले धुम्रपान गरिरहेका छन् । सडकको बीचमा गाडी तेर्स्याएर जाम बनाएका उनी आफूलाई गाली गर्नेलाई माझीऔंलो देखाउँदैछन् । यो फोटोले फिल्मभित्र उनले निर्वाह गरेको चरित्रलाई परिभाषित गर्छ ।

फिल्मभित्र उनको पात्रको स्वभाव चञ्चले र प्लेब्वाइ टाइपको छ । उक्त फोटोमा अनमोलको क्याप्सन छ, ‘याद गर्नुहोस् कि तपाईंलाई तल ल्याउन खोज्ने मानिस पहिले नै तपाईंभन्दा तल छन् । सबैलाई नयाँ वर्षको शुभकामना ।’

निर्माता रोहित अधिकारीले उक्त फोटो र क्याप्सन फिल्मभित्रकै भएको बताउँछन् । तर समय र सन्दर्भको हिसाबले अनमोलको उक्त क्याप्सन आफ्नो निजी जीवनप्रति पनि लक्षित छ कि भन्ने आशंका कतिपयले गरेका छन् । नयाँ वर्षको शुभकामना दिन अनमोलले उक्त फोटो र क्याप्सन नै किन रोजे भन्ने कुरा पनि विश्लेषणको विषय हुन सक्ला ।

सन् २०२३ अनमोलका लागि निकै उतारचढावपूर्ण रह्यो । फिल्म ‘रावायण’को विवादमा उनी पक्राउ समेत परे । सोही वर्ष उनको पछिल्लो फिल्म ‘छड्के २’ ले कमाल देखाउन सकेन । अब भने अनमोल ‘फर्की फर्की’बाट करिअरलाई नयाँ दिशा दिन चाहन्छन् । ‘फर्की फर्की’ आगामी जेठ ११ गते रिलिज गर्ने निर्माताको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?