+
+

बटेश्वर गाउँपालिकाले भारतबाट मान्छे बोलाएर धपायो बाँदर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १७:५८

१७ माघ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा भारतबाट मान्छे बोलाएर बाँदर धपाइएको छ । गाउँमा बाँदरले धेरै दुःख दिन थालेपछि वडा कार्यालयले भारतको मथुराबाट ३ जना बाँदर धपाउन जान्ने व्यक्ति बोलाएको थियो ।

उनीहरुले एक महिनाको अवधिमा बस्ती वरपरबाट ५ सय बाँदर समातेर जंगलमा छाडेको वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । तीन जनाले बाँदरलाई खोरमा पारेर रातिको समयमा बस्तीदेखि टाढा चुरेको जंगलमा लगेर छाड्ने गरेका थिए ।

उनीहरुले बाँदर समात्न केरा, बदाम, चना लगायतको खानेकुरा दिने गर्थे । बाँदर लोभिएपछि खोरभित्र फलफूल राखिन्छ । भित्र पसेपछि बाँदरलाई बन्द गरिन्छ । त्यसपछि गाडीमा राखेर जंगलको सुरक्षित स्थानमा छोडिने गरिएको बाँदर समात्ने मथुराका भुला कुसेरीले बताए ।

‘पहिले फलफूल, खानेकुरा दिएर लोभ्याउँछौं । अनि पिंजरा थपेर समात्छौं । यसरी समात्दा र गाडीमा राखेर सुरक्षित जंगलमा छाड्दा उनीहरुलाई कुनै प्रकारको क्षति हुँदैन’, उनले भने ।

घना रुख बिरुवाका कारण चित्रपुर गाउँमा केही वर्षयता बाँदर पसेर आतंक मच्चाएका छन् । खेतबारीमा तरकारी, फलफूल जस्ता बालीनालीमा क्षति गर्नुको साथै घरमा पसेर समेत अन्नपात खाना खाइदिने गरेका छन् ।

बाँदरको यो आतंकबाट पीडित स्थानीय नियन्त्रणको लागि पालिकालाई दबाब दिँदै आएको थियो । त्यसपछि वडा कार्यालयले भारतको मथुराबाट अनुभवी मान्छे बोलाएर बाँदर धपाइरहेका छन् । अब करिब एक दर्जनको संख्यामा मात्र बाँदर रहेको वडाध्यक्ष महतो बताउँछन् ।

गाउँपालिकाको पाँच लाख रुपैयाँ बजेटबाट बाँदर धपाउने काम भएको र यस भेगका किसानको लागि ठूलो राहत भएको वडाध्यक्ष महतोले बताए ।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयकी प्रमुख मञ्जु खतिवडासहितको मानव अधिकार तथा खाद्य अधिकारकर्मीको टोली चित्रपुर पुगेर जंगली जनावरको आतंकबारे बुझेका थिए ।

बाँदर हराए पनि यद्यपि निलगाइको आतंक भने कायमै स्थानीय बासिन्दाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?