+
+

एआईबाट गीत बनाएपछि विवादमा एआर रहमान, भन्छन्- प्रविधिको प्रयोग खतरा होइन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १६:३५

काठमाडौं । ओस्कार अवार्ड विजेता संगीतकार एआर रहमानले हालै आफ्नो एउटा गीतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेका छन् । यस गीतको शीर्षक ‘थिमिरी येहुदा’ हो, जुन रजनीकान्तको फिल्म ‘लाल सलाम’मा प्रयोग गरिएको छ । गीतमा रहमानले दक्षिण भारतका दुई दिवंगत गायक शाहुल हमीद र बम्बा बक्याको स्वर प्रयोग गरेका छन् ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ । केहीले यसलाई प्रविधिको रुपमा उन्नत फाइदाको रुपमा हेरेका छन् भने केहीले अनैतिक कामको रुपमा । यो विवादबीच रहमानले आर्टिफिसियल इन्टेलिजेन्समार्फत दुवै दिवंगत गायकको आवाज प्रयोग गर्नुअघि उनीहरुको परिवारका सदस्यहरुबाट अनुमति लिएको बताए ।

रहमानले ट्वीट गरेका छन्, ‘हामीले दुवै दिवंगत गायकका परिवारबाट उनीहरुको आवाजको एल्गोरिदम प्रयोग गर्न अनुमति लिएका छौं । उनीहरुको ज्याला पनि पठायौं । यदि हामीले प्रविधिको सही प्रयोग गर्‍यौं भने यो कुनै खतरा वा अवरोध होइन ।’

गायक बम्बा बक्यले रहमानसँग धेरै गीतमा काम गरेका थिए । उनको सन् २०२२ मा हृदयघातको कारण मृत्यु भएको थियो । शाहुल हमिदको सन् १९९७ मा चेन्नाई नजिकै कार दुर्घटनामा मृत्यु भएको थियो ।

‘लाल सलाम’मा रजनीकान्त केमियोमा देखिनेछन् । यसलाई रजनीकान्तकी छोरी ऐश्वर्याले निर्देशन गरेकी हुन् । यस स्पोर्ट्स एक्सन ड्रामा फिल्ममा विष्णु विशाल र विक्रान्त मुख्य भूमिकामा देखिनेछन् । यसअघि जनवरीमा रिलिज हुने भनिएको यो फिल्म अब फेब्रुअरी ९ मा रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?