+
+

‘हात्तीछाप’बारे दयाहाङ र उपासना : ‘कथाले दर्शकलाई समाजसँग जोड्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १२:५२

काठमाडौं । अमेरिकाबाट फर्किएलगत्तै अभिनेता दयाहाङ राईलाई भ्याइनभ्याइ छ । माघ २६ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा उनी ब्यस्त छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनी फिल्मलाई लिएर उत्साहित सुनिए । पत्रकारसँग कुराकानी गर्दै उनले कथावस्तु मनपरेकाले आफू फिल्मसँग जोडिएको बताए ।

किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नमा राईले भने- ‘पहिलो कुरा त यो फिल्मको कथावस्तु राम्रो छ । दोस्रो कुरा, निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने बिषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।’

यो फिल्मबाट आफू सन्तुष्ट रहेको उनले बताए । भन्छन्- ‘यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न बिषयवस्तुलाई समेटेको छ । यसैले, म उत्साहित छु ।’

अभिनेत्री उपासनासिंह ठकुरीले पनि फिल्मको कथावस्तु बलियो रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाको जवाफ थियो- फिल्मभित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ जसले प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’

ट्रेलरमा भुकम्पको दृश्य पनि समावेश छ । यो फिल्मले भुकम्पको कथा नै भन्न खोजेको हो या अरु के हो भन्ने प्रश्नमा दयाले भने- ‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भूकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’

उपासनाले अघि भनिन्- यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नुहुदैन । सबै नेपालीहरुले भोगेको बिषयलाई लिएर कथा बनाइएको छ ।’

किरण नेपालीको प्रस्तुतिमा सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?