+
+

साउथ सुपरस्टार थलापति विजयले घोषणा गरे राजनीतिक दल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १७:४२

काठमाडौं । राजनीतिमा सहभागी हुने चर्चाबीच दक्षिण भारतीय अभिनेता थलापति विजयले शुक्रबार राजनीतिक दलको घोषणा गरेका छन् । उनको दलको नाम ‘तमिझागा वेत्री कझगम’ (विजयी तमिल संघ) राखिएको छ ।

यद्यपि, उनको पार्टीले सन् २०२४ को लोकसभा चुनाव भने लड्ने छैन । यी तमिल अभिनेताले विज्ञप्ति जारी गर्दै सन् २०२४ को चुनावमा पार्टीले भाग नलिने उल्लेख गरेका छन् ।

‘धर्म, जात र जताततै भ्रष्टाचार मात्रै देखिने वर्तमान राजनीतिक वातावरणलाई मध्यनजर गर्दै भ्रष्टाचारमुक्त, प्रगतिशील र धर्मनिरपेक्ष सरकारको लक्ष्य राखेको छु,’ उनले भनेका छन् ।

४९ वर्षीय अभिनेता तमिल फिल्म उद्योगबाट राजनीतिमा प्रवेश गर्ने पछिल्लो व्यक्तित्व बनेका छन् । दक्षिणी राज्यका दुई पूर्वमुख्यमन्त्री एमजी रामचन्द्रन र जे जयललिता फिल्म कलाकार थिए । मुख्यमन्त्रीको रुपमा काम गरेका एम करुणानिधि पटकथा लेखक थिए ।

डीएमके र एआईडीएमके तमिलनाडुका दुई प्रमुख राजनीतिक संगठन हुन् । गत वर्ष डिसेम्बरमा निधन भएका डीएमके संस्थापक विजयकान्त राजनीतिज्ञ हुनुअघि तमिल फिल्म उद्योगमा पनि एक अभिनेता थिए । सुपरस्टार कमल हसनले फेब्रुअरी २०१८ मा मक्कल निधि मैम पार्टीको स्थापना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?