+
+

केभीआर स्टेज रेस च्यालेञ्जको तेस्रो चरणमा रमेश र प्रिया पहिलो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १८:१०

२० माघ, काठमाडौं, माघ २० गते । ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको तेस्रो चरण सम्पन्न भएको छ ।

झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो भए । पुरुष दौडमा रमेशले निर्धारित दुरी ३ घन्टा ११ मिनेट ३४ सकेन्डमा पूरा गरे । सुजित जर्घा मगर ३ घन्टा २४ मिनेट ३२ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा ३ घन्टा २० मिनेट २८ सकेन्डमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी प्रियाले चार घन्टा पाँच मिनेट ५२ सकेन्डमा दौड पूरा गरिन् । यसैगरी केभिआर स्टेज रेस च्यालेन्जकै दोस्रो चरणकी विजेता छोकी शेर्पा सात सकेन्डले पछाडि रहेर उपविजेतामा चित्त बुझाए । छोकीले चार घन्टा पाँच मिनेट ५९ सकेन्डमा दौड पूरा गरे । यसैगरी निर्मला राईले चार घन्टा २७ मिनेट २५ सकेन्ड समय लगाएर तेस्रो स्थन हासिल गरे ।

सो स्टेज रेस च्यालेन्सको दोस्रो चरणमा स्वदेशी र विदेशी गरी ९६ धावकधाविकाको सहभागिता रहेको थियो । प्रतियोगिताका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका कर्मचारी तथा नेपाल ट्रायथोलन संघका कोषाध्यक्ष निरज श्रेष्ठ र लायन्स क्लब अफ काठमाडौं न्यू पाथिभराका अध्यक्ष सुरेन्द्र व्यञ्जनकारले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?