+
+

सभामुख बनेपछि संघीयताको पक्षमा विष्टको बोली

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १८:३३

२१ माघ, विराटनगर । राप्रपा सांसद अम्बरबहादुर विष्ट कोशीको सभामुख बनेपछि आइतबार कोशी प्रदेश संसदीय पत्रकार मञ्चसँगको छलफलमा उनले प्रदेशप्रति बढेको नकारात्मक धारणालाई चिर्नुपर्ने बताए । ‘प्रदेश बोझिलो भयो भन्नेहरु बढेका छन् यसलाई चिर्न आवश्यक छ’ उनले भने ।

उनले आफू प्रदेश बलियो बनाउने पक्षमा उभिएको बताए । ‘म हिजो जुन पार्टीमा थिएँ, त्यहाँ हुँदा संघीयताको विरोध भन्दा पनि यो बोझिलो खर्चिलो तीन तहको सरकार नेपालले धान्न सक्दैन कि भन्ने कुरा हो’, उनले भने, ‘संघीयता बलियो हुनुपर्छ भने तीन तहको सरकार बलियो हुनुपर्‍यो, काम गरेर देखाउनुपर्‍यो ।’

अहिले प्रदेशले काम गरेर देखाउनुपर्ने उनको भनाइ छ । ‘एक वर्षदेखिको अवस्था हेर्दा सरकारकै स्थिरता देखिएन, सभामुखको निर्वाचन पनि दोस्रो पटक भयो’, सभामुख विष्टले भने, ‘यो कुराले नकारात्मक सन्देश गएको छ ।’

यसलाई चिर्न प्रदेशसभा सस्यहरु लाग्नुपर्ने उनको भनाइ छ । ‘औचित्य पुष्टि भयो, थाम्न सकियो भने किन खारेज गनुपर्‍यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?