+
+

कर्णाली प्रदेश सभाको भूमिका झन् निष्प्रभावी : यमलाल कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १९:४३

२१ माघ, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश सभाको भूमिका निष्प्रभावी भएको बताएका छन् ।

प्रदेश सभाको छैटौं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै नेता कँडेलले जनप्रतिनिधि र कर्मचारी दुबैको भूमिका कमजोर रहेको टिप्पणी गरे । उनले कर्णाली बनाउनेतिर कसैको ध्यान नगएको समेत बताए ।

‘हिजोको भन्दा आज प्रदेश सभा निष्प्रभावी र कमजोर बनेको छ । त्यसलाई प्रभावकारी बनाउने प्रदेशसभा सचिवालयको प्रमुख जिम्मेवारी हो’, नेता काँडेलले भने, ‘सरकारले बिजनेस दिएन भनेर पञ्छिने छुट सभालाई छैन । कार्यपालिकालाई जिम्मेवारी बोध गराउन आवश्यक छ । त्यो भूमिकामा प्रदेश सभा कमजोर देखिएको छ ।’

नेता कँडेलले अघिल्लो कार्यकाल भन्दा पछिल्लो कार्यकालयमा प्रदेशसभाको कमजोर भूमिका देखिएको बताए । ‘विगतको तुलनामा यो कार्यकाल कमजोर छ । म विगतको कार्यकालमा पनि सांसद भएकाले मैले नजिकबाट हेरिरहेको छु । यसरी चल्दैन, तपाईहरुले कार्यशैली बदल्न आवश्यक छ’, उनले भने ।

प्रदेश सभा र सरकारप्रति चौतर्फी निरासा फैलिदै गएपनि प्रदेश बनाउनेतिर कसैको ध्यान जान नसकेको नेता कँडेलले बताए । प्रदेशमा आउने कर्मचारी पनि जिम्मेवारीपूर्वक काम गर्नुको साटो समय बिताउने थलो कर्णालीलाई बनाएको कँडेलले बताए ।

‘अवस्था देख्दा सामान्य लाग्छ, तर जटिल छ । आशावादी र विश्वासमा बदल्ने ठाउँमा पुग्नु भएका र जिम्मेवारी लिनुभएका साथीहरुले गम्भीर भएर सोच्न आवश्यक छ’, उनले भने, ‘अहिलेको जस्तै दिनचर्या र बुझाइ भयो भने धेरै पर हैन । भोलि, पर्सी दिनदिनै कठिन परिस्थिति निर्माण हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?