+
+

लिभरपुललाई पराजित गर्दै उपाधि होडमा आर्सनल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते ९:००

२२ माघ, काठमाडौं । प्रिमियर लिगमा आर्सनलले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्सनल दोस्रो स्थानमा उक्लँदै शीर्ष स्थानको लिरभपुलसँग अंकदूरी २ मा झार्दै आफूलाई उपाधि होडमा उभ्याएको छ ।

घरेलु मैदानमा भएको खेलमा बुकायो साकाले १४औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा आर्सललका गाब्रीएल मालागाएसले आत्मघाती गोल गरेपछि लिभरपुलले खेल बराबरि गरेको थियो ।

दोस्रो हाफमा आर्सनलले दुई गोल थप्यो । गाब्रीएल मार्टिनेलीले ६७औं मिने६मा गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइममा लियोन्ड्रो ट्रोसराडले गोल गर्दै आर्नलको जित पक्का गरे ।

८८औं मिनेटमा लिभरपुलका इब्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

जितपछि आर्सनलले २३ खेलबाट ४९ अंक जोडेर लिग लिडर लिभरपुललाई नै पछ्याइरहेको छ । लिभरपुलको समान खेलबाट ५१ अंक छ ।

२१ खेल मात्र खेलेको म्यानचेष्टर सिटी ४६ अंकसहित तेस्रो स्थानमा छ ।

लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टहम युनाइटेडलाई ३-० ले पराजित गरेको छ । जितपछि २३ खेलबाट ३८ अंक जोडेको म्यान युनाइटेड वेष्टहमलाई नै पछि पार्दै छैटौं स्थानमा उक्लेको छ । चेल्सी भने वुल्भ्ससँग ४-२ ले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?