+
+

आर्सनल शीर्ष स्थानमा, फोडेनको ह्याट्रिकमा सिटीको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते ७:४६

२२ चैत, काठमाडौं । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो ।

आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ जुन लिभरपुल र म्यानचेष्टर सिटीको भन्दा एक अंकले बढी हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २४औं मिनेटमा गोल गरेका थिए ।

यस्तै लुटनका दाइकी हाशिओकाले ४४औं मिनेटमा आत्मघाती गोल गर्दा आर्सनलले अग्रता दोब्बर बनाएको थियो । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल भएन ।

अर्को खेलमा फिल फोडेनले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा एस्टन भिल्लालाई ४–१ ले पराजित गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा फोडेनले पहिलो हाफको इन्जुरी टाइम ६२ औं र ६९ औं मिनेटमा गोल गरे । त्यसअघि रोड्रीले ११ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

जोन डुरानले २० औं मिनेटमा एस्टन भिल्लाका लागि बराबरी गोल फर्काएका थिए । तर त्यसपछि फोडेनले ह्याट्रिक गर्दै सिटीलाई जित दिलाएका हुन् ।

जितपछि सिटीले ३० खेलबाट लिभरपुल समान ६७ अंक जोडेको छ । तर गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?