+
+

आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते ७:२१

३० फागुन, काठमाडौं । इंग्लिस क्लब आर्सनल १४ वर्षपछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल अन्तिम ८ मा पुगेको हो ।

प्रिक्वाटरफाइनल पहिलो लेगमा १-० ले पराजित भएको आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेग १-० ले जित्दै समग्रमा १-१ को बराबरी गरेको थियो ।

दोस्रो लेगको खेलपछि नतिजा १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

जसमा आर्सनलका लागि मार्टिन ओडेगार्ड काई हाभार्ट बुकायो साका र डेक्लान राइसले गोल गरे ।

यस्तै आर्सनलका गोलकिपर डेविड रायाले पोर्टोका वेन्डेल र गालेनोको पेनाल्टी प्रहार बचाएका थिए । पोर्टोका लागि पेपे र मराको ग्रुजिकले मात्र पेनाल्टीमा गोल गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?