+
+

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते ७:३९

२७ फागुन, काठमाडौं । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलको१९औं मिनेटमा डेक्लान राइसले गोल गर्दै बर्सनललाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको इन्जुरी टाइममा योएन विस्साले ब्रेन्टफोर्डका लागि बराबरी गोल फर्काए ।

त्यसपछि काइ हाभार्टले  ८६औं मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाए ।

जितपछि आर्नल २८ खेलबाट ६४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको लिभरपुलको ६३ र म्यानचेष्टर सिटीको ६२ अंक छ । लिभरपुल र सिटीबीच आज एनफिलडमा खेल हुँदैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?