+
+

आर्सनल फेरि शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते ७:२४

२५ चैत, काठमाडौं । ब्राइटनलाई ३-० ले पराजित गर्दै आर्सनल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।

आर्सनलको जितमा बुकाया साकाले ३३औं मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । काइ हाभार्ट्जले ६२औं र लियान्ड्रो ट्रोसार्डले ८६औं मिनेटमा गोल गरे ।

यस जितपछि आर्सनलको ३१ खेलबाट ७१ अंक छ र एक खेल कम खेलेको लिभरपुलमाथि १ अंकको अग्रता लिएको छ ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले अर्को खेलमा क्रिस्टल प्यालेसलाई ४–२ ले पराजित गर्‍यो । जितपछि सिटीको ३१ खेलबाट ७० अंक छ । समान अंक भए पनि गोल अन्तरमा सिटी लिभरपुलभन्दा पछि छ ।

सिटीको जितमा केभिन डे ब्रुएनाले दुई तथा एर्लिङ हालान्ड र रिको लेविसले एक/एक गोल गरे ।

शनिबार भएको अन्य खेलमा एभरटनले बर्नलीलाई १–० ले, न्युकासल युनाइटेडले फुलहमलाई १–० ले, लुटन टाउनले बर्नमाउथलाई २–१ ले तथा वेस्टहमले उल्भ्सलाई २–१ ले हरायो । एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३–३ को बराबरी खेले ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?