+
+

राष्ट्रका साझा मुद्दामा संसदका दलहरु एक हुनुपर्छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १६:२१

२२ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरुबीचको एकताको विषय उठाएका हुन् ।

सभामुख घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराए । यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले बताए ।

प्रतिनिधिसभाको बितेका दुई अधिवेशनमा संसद नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन् ।

गत अधिवेशनमा जम्मा एउटा कानुन बने पनि धेरै कानुन निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने सभामुख घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?