+
+

संसदको महासचिवमा राष्ट्रपतिले चलखेल गरे : एमाले सांसद दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १७:१८

२२ माघ, काठमाडौं । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अधिवशेन सुरु भइसक्दा पनि संघीय संसद कार्यबाहक महासचिवबाट चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो भन्दै प्रश्न गरे ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

तर राष्ट्रपतिले अहिलेसम्म उक्त पत्र रोकेर राखेका छन् । सोही विषयमा एमाले सांसद दाहालले आपत्ति जनाएका हुन् ।

‘यो अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपतिज्यू तपाईंको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन ?’ उनले प्रश्न गरे ।

सांसद दाहालले अविलम्ब महासचिव नियुक्त गर्न राष्ट्रपति पौडेललाई आग्रह गरे । ‘हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व दिइयोस् । मलाई विश्वास छ, आगामी बैठकहरुमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?