+
+

मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभामा सांसद थिङले अघि बढाउने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १९:२३

२२ माघ, काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक प्रतिनिधि सभामा सांसद सुशीला थिङले अघि बढाउने भएकी छन् ।

राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक पारित भएर प्रतिनिधि सभामा आएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय मर्यादा सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरे ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले यो विधेयक अगाडि आफूले बढाउने भनी प्रतिनिधि सभा सदस्य सुशीला थिङले संसद सचिवालयलाई जानकारी गराएकी छन् । उनी प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलको सचेतक पनि हुन् ।

राष्ट्रिय सभा सदस्यहरु एमालेका देवेन्द्र दाहाल, कांग्रेसका रमेशजंग रायमाझी र प्रकाश पन्थ, माओवादी केन्द्रका गोपी अछामी, एकीकृत समाजवादीका बेदुराम भुसाल, जसपाकी प्रमिला कुमारी, लोकतान्त्रिक समाजवादी पार्टीका शेखर सिंह, राष्ट्रिय जनमोर्चाका तुल विकले संयुक्त रुपमा यो विधेयक ५ चैत २०७९ मा दर्ता गराएका थिए । राष्ट्रिय सभाले १४ कातिक २०८० मा पारित भएर प्रतिनिधि सभामा पठाएको थियो ।

सांसद थिङले आफूले मर्यादासम्बन्धी विधेयक अगाडि बढाउने सन्दर्भमा जिम्मेवारी लिएको बताए । प्रतिनिधि सभा नियमावली र राष्ट्रिय सभा नियमावलीअनुसार गैरसरकारी विधेयक ल्याउने सांसदहरुले अर्को हाउसमा कुन सांसदले अगाडि बढाउने भनेर तोक्नुपर्छ ।

हाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी मर्यादाक्रम तय गर्ने गर्दछ । यसलाई कानुन नै बनाएर व्यवस्थित गर्न सांसदहरुले गैरसरकारी विधेयक ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?