+
+

निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दान दिए इलामको ३ रोपनी जग्गा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १६:२७

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका-१ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले आधारभूत स्वास्थ्य उपकेन्द्रलाई दिएका हुन् ।

बुवाको इच्छामा उक्त जग्गामा स्वास्थ्य संस्थालाई प्रदान गरेको निश्चलले अनलाइखबरलाई बताए । मालपोतमा जग्गा दान गर्न उनी बुवासँगै कार्यालयमा पुगेका थिए ।

वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले निश्चलले दिएको उक्त जग्गा निकै उपयोगी हुने बताए । बाटोसँगै जोडिएको उक्त जग्गा उपयोगी र मूल्यवान पनि भएकाले स्वास्थ्य संस्था अब सुविधाजनक हुने अध्यक्ष बस्नेतले बताए ।

कामको कुरा गर्दा निश्चलको आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’ फागुनदेखि छायांकनमा जाने तयारीमा छ । सन् २०८१ सालमा दुई फिल्म निर्देशन गर्ने उनको तयारी छ । निश्चलको पछिल्लो निर्देशकीय फिल्म ‘दिमाग खराब’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?