+
+

‘हात्तीछाप’को काठमाडौं प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते २१:५६

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘हात्तीछाप’लाई मंगलबार राजधानीमा प्रिमियर गरिएको छ । आयोजित प्रथम प्रदर्शनी समारोहमा कास्ट एड क्रूसहित फिल्मकर्मी सहभागि रहे ।

सौगातसहित को-एक्टर उपासनासिंह ठकुरी र बेनिशा हमाल पनि प्रिमियरमा आकर्षणको केन्द्र बने । उपासना वानपिसमा हट देखिएकी थिइन् । उनको पहिरनले चिसोलाई चुनौति दिएको देखिन्थ्यो ।

सिमोस सुनुवार निर्देशित यो सोसल-कमेडी ड्रामालाई रेड बर्ड प्रोडक्सनले निर्माण गरेको हो । फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् ।  फिल्मको पोस्ट-क्रेडिटमा दोस्रो श्रृंखला ‘बोतलराजा’को घोषणा गरिएको छ । फिल्मको अन्त्यमा अभिनेता दीपकराज गिरीले ‘छक्कापञ्जा’को राजा शैलीमा विशेष केमियो रोल गरेका छन् । यो फिल्म शुक्रबार देशब्यापी प्रदर्शन तयारीमा छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?