+
+

सेयर बजार २०९० अंकमा, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १५:१५

२४ माघ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४.९ अंक बढेर २०९० अंकमा पुगेको छ । कारोबार सुरु भएको ७ मिनेटमै नेप्से परिसूचक २१०७ अंकमा पुगे पनि टिक्न सकेन ।

कुल २ अर्ब ८४ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २५ करोड बढी हो । कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ११ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो भने जीवन बीमा समूह १.२९ प्रतिशत बढ्यो । अन्य समूह सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो । बैंकिङ ३, विकास बैंक १२, होटल तथा पर्यटन ८१, हाइड्रोपावर २४ र जीवन बीमा १३६ अंक बढे । उत्पादन समूह १०, निर्जीवन बीमा ४२, अन्य २८ र ब्यापार समूह ३ अंक घटे ।

५ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स पावर र इङवा हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो । युनाइटेड अजोड इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ४.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ङादी ग्रुप, हाथवे इन्भेस्टमेन्ट कम्पनी र सोनापुर मिनरल्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?