+
+

पोखरा आउँदा बाटो झुक्किनुभो ? क्युआर स्क्यान गर्नुस्, फटाफट हिँड्नुस् !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १९:०१

२४ माघ, पोखरा। पहिलो पटक पोखरा आउनु भएको छ । तर, पुग्नुपर्ने ठाउँबारे थाहा भएन ? अथवा हिँड्दै जाँदा बाटो नै बिर्सिनुभयो ?

के गर्ने ? कि नजिकका कसैलाई सोध्ने कि आफ्नो स्मार्टफोनमा ‘म्याप’ सच गर्ने । तर, तपाईं यी दुवै झन्झट नगरी ‘दोबाटो’मा राखिएका क्युआर कोडमा स्क्यान गरेको भरमा सहजै गन्तव्य पुग्न सक्नुहुन्छ ।

पोखरा महानगरपालिका वडा नं. १३ मा अहिले यस्तै प्रविधि प्रयोगमा ल्याइएको छ । हरेक चोक र बाटोमा वडाले ‘स्ट्रिट नम्बर’सहितको क्युआर स्क्यान राखिदिएको छ । जसमा यात्रुले आफ्नो स्मार्टफोनबाट स्क्यान गरेर सहजै बाटो पत्ता लगाउन सक्ने भएका छन् ।

पोखरा महागर १३ का वडाध्यक्ष किरण बरालले पोखरा महानगरलाई स्मार्ट सहरका रुपमा परिचित गराउन वडाबाटै सुरुआत गरिएको बताए । उनका अनुसार वडाका हरेक ठाउँमा राखिएका गुगल प्लस र क्युआर स्क्यानमार्फत सहजै गन्तव्य पुग्न सकिन्छ ।

‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मद्दत पुगोस् भनेर यो प्रविधि प्रयोगमा ल्याएका हौं’, वडाध्यक्ष बरालले भने, ‘अहिले वडाका विभिन्न स्थानमा राखिएका छन् । आवश्यकताका आधारमा अरु ठाउँमा पनि राख्दै जाने योजना छ ।’

गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा वडा नं. १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेसन सहजै प्राप्त गर्ने वडाध्यक्ष बरालको दाबी छ । नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?