+
+

१२ दिनपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १७:५६

२४ माघ, काठमाडौं । १२ दिनपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

२२ माघमा सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठकमा बुधबार ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।

विधेयक पारित भएसँगै सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार अर्को बैठक बस्ने र त्यस दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

सभामुख घिमिरेले सदनमा भनेका छन्, ‘…प्रश्न सोध्नका लागि प्रतिनिधि सभा नियमावलीको नियम ५८ बमोजिम मिति २०८० फागुन २ गते बुधबार दिनको ३ बजेभित्र संघीय संसद्को महासचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरासमेत जानकारी गराउन चाहन्छु ।’

प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?