+
+

नेपालले क्यानडाविरुद्ध ब्याटिङ गर्दै, सूर्य र रिजनको डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते ९:१२

२५ माघ, काठमाडौं  । नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी छन् ।

दुवै टोलीले  सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिएका छन् ।

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गरेका छन् । क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।

नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् ।

दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?