+
+

क्यानडामा नेपाली वस्तुकाे निर्यात बढाउन राजदूत पौड्यालसँग चेम्बरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १५:१५

१० फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रवर्द्धनको वातावरण बनाउन नवनियुक्त राजदूत भरतराज पौड्यालसँग आग्रह गरेको छ ।

राजदूत पौड्याललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीबार विदाइ भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रवर्द्धन हुने गरी सहजीकरण गर्न आग्रह गरेका हुन् ।

‘नेपाली वस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ । खासगरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घ्यु लगायतका वस्तुहरुको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।

नेपालबाट निर्यात हुने वस्तुहरुको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने उनले बताए ।

नेपाल र क्यानडाबीच सिधा व्यापारिक सम्बन्ध कायम हुनेगरी व्यावसायिक वातावरण बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने उनको भनाइ छ ।

क्यानडामा पछिल्लो समय नेपाली विद्यार्थीको सख्या उच्च रहेको भन्दै अध्यक्ष मल्लले पढ्दै कमाउँदै नीति राज्यका लागि फलदायी हुनुपर्ने बताए ।

क्यानडामा रहेका एक नेपाली मार्फत एक पर्यटक भित्र्याउने गरी पहल गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने मल्लले बताए ।

यस्तै क्यानडाका निजी क्षेत्रको लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न अध्यक्ष मल्लले राजदूत पौड्याल समक्ष आग्रह गरे ।

उनले भने, ‘नेपालले आगामी वैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दैछ, नेपालको पूर्वाधार क्षेत्र, पर्यटन, ऊर्जा एवमु सूचना प्रविधिको क्षेत्रका मुख्य आयोजनामा लगानीका लागि पहल गर्न आवश्यक छ ।’ लगानी सहजीकरणका लागि चेम्बर अफ कमर्सले पनि सहयोग गर्ने मल्लले बताए ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रमम राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चासो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै भएको बताए । त्यसका लागि नेपाल र क्यानडाको निजी क्षेत्रबीच बीटूबी भेटवार्ताका लागि आफूले पहल गर्ने राजदूत पौड्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?