+
+

भ्यालेन्टाइन्स छेकोमा ‘महाजात्रा’ले ल्यायो जोडीको पोस्टर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते ११:५०

काठमाडौं । भ्यालेन्टाइन्स डेको सप्ताह सुरु भइसकेको छ । प्रत्येक वर्ष फेब्रुअरी १४ मा प्रेमजोडीले यो दिवस मनाउँछन् । यसै सन्दर्भमा फिल्म ‘महाजात्रा’ले दुई जोडीको पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङ चित्रित छन् । फिल्म सोसल ड्रामा भए पनि फणिन्द्र (विपिन) र सम्पदा (वर्षा)को प्रेमलाई दर्शकले ‘जात्रा’ श्रृंखलामा रुचाउँदै आइरहेका छन् । यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रुपमा थपिएका छन् ।

‘हामीले देखाउने प्रेम अरूभन्दा फरक हुने गरेको छ । किनकि हाम्रो फिल्मको विषयवस्तु पैसासँग जोडिएको छ । यद्यपि जात्रैजात्रामा फणिन्द्र र सम्पदाको प्रेमलाई दर्शकले रुचाउनुभएको थियो,’ निर्देशक प्रदीप भट्टराईले भने, ‘हामीले देखाएको प्रेम जोडीसँगै मित्रता, परिवार र देशप्रतिको पनि छ । यसपटक जात्राभन्दा माथि उठेर महाजात्रा गरेका छौं ।’

निर्देशक भट्टराईले ‘जात्रा’का अघिल्ला श्रृंखलाकै भावमा कथा बुनेको बताए । फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरेको छ । उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार चैत ९ गते यो फिल्म नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

फिल्ममा जितबहादुर रुवाली एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा मेकअप आर्टिस्ट, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?